समाचार

आजको मौसम



काठमाडौँ, १६ मंसिर ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले देशका केही भागमा सामान्य बदली रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमपात र देशभरको तापक्रम गिरावट हुने क्रममा रहेकाले यसको असरबाट बच्च आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३७ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ ।