अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १७ मंसिर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख २० हजार २ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।