मनोरञ्जन

मदन घिमिरेद्वारा निर्देशित ‘बास देउ मलाई’ म्युजिक भिडियो सार्वजनिक



काठमाडौँ, २२ मंसिर । फिल्म निर्देशक गरेका मदन घिमिरेद्वारा निर्देशित नयाँ म्युजिक भिडियो ‘बास देउ मलाई’ सार्वजनिक भएको छ ।

एक जोडी युवायुवतीको प्रेमकथा देखाइएको भिडियोमा जितेन्द्र केसी र आयुष्मा कार्कीलाई रोमान्टिक जोडिको रुपमा प्रस्तुत गरिएको छ । रामेश्वर हुमागाईको छायांकन रहेको भिडियो तारा थापा किम्भेको सम्पादन गरेका हुन् । दीपक लिम्बु र अनु चौधरीको स्वर रहेको गीतको शब्द निर्देशक घिमिरे आफैले कोरेका हुन् । गीतमा संजय खड्गीको संगीत तथा एरेन्ज रहेको छ । रानीकोट गढी, ध्याम्पे डाडा, पाइलटबाबा आश्रम आसपासको मनोरम दृश्य भिडियोमा कैद गरिएको छ ।