राजनीति

समाजवादी युवा संघको सप्तरी जिल्ला समिति गठन



सप्तरी, २२ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी युवा संघको सप्तरी जिल्ला समिति पुनर्गन भएको छ । राजविराजस्थित संगठनको जिल्ला कार्यालयमा आयोजित समितिको विस्तारित बैठकले केदार प्रसाद यादवको नेतृत्वमा ३१ सदस्यीय समिति पुनर्गठन गरेकोे हो । पार्टीको जिल्ला समितिले यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेसँगै संगठनको बैठक बसी पदाधिकारी तथा सदस्यहरु चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा सिकेन्द्र मण्डल,  कुन्दन यादव सचिव राजकुमार चौधरी सह सचिव राम देव यादव र कोषाध्यक्ष अमर यादव रहेको मधेस प्रदेश परिषद् तथा प्रचार प्रसार डेस्क सप्तरी प्रमुख उपेन्द्र साहले जानकारी गराएका छन् ।