विश्व

उत्तरपश्चिम चीनमा भूकम्प, कम्तीमा ९५ जनाको मृत्यु



एजेन्सी, ३ पौष । उत्तरपश्चिम चीनमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूमकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको हो । 

२२० जना घाइते भएका बीबीसीले जनाएको छ । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५.९ म्याग्निच्युड १० किलोमिटर गहिराईमा गएको जनाएको छ ।

आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ ।