विश्व

डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य घोषित



एजेन्सी, ४ पौष । अर्को वर्ष हुने अमेरिकाको राष्ट्रपति पदको चुनावको दौडमा रहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब उम्मेदवार बन्न नपाउने भएका छन् । योसँगै उनको ह्वाइटहाउस प्रवेश गर्ने चाहनामा पूर्ण विराम लागेको छ । 

क्यापिटल हिंसाको मुद्दामा कोलोराडो राज्यको मुख्य अदालतले मंगलबार ट्रम्पलाई अमेरिकी संविधानबमोजिम राष्ट्रपति पदका लागि अयोग्य घोषित गरेको हो । यद्यपि यो निर्णय अन्य राज्यमा भने लागू हुनेछैन । अदालतले ह्वाइट हाउस दौडका लागि रिपब्लिकन पार्टीका प्रमुख दाबेदार ट्रम्पलाई राष्ट्रपति पदका लागि राज्यको प्राथमिक मतदानबाट हटाएको छ ।

यो अमेरिकाको इतिहासमा पहिलो पटक हो कि १४ औँ संशोधन को धारा ३ अनुसार एक राष्ट्रपति उम्मेदवार अयोग्य बनाउन को लागि प्रयोग गरिएको छ । ट्रम्पको विरुद्धमा फैसला गर्ने अदालतका सबै न्यायाधीशहरू डेमोक्रेटिक पार्टीका गभर्नरहरूले नियुक्त गरेको रहेका अमेरिकी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।