मनोरञ्जन

कंगना रनौतले बीजेपीबाट लोकसभा चुनाव लड्ने



काठमाडौँ, ५ पौष । बलिउड अभिनेत्री कंगना रनौत अब राजनीतिमा प्रवेश गर्ने तयारीमा छिन् । उनले लोकसभाको चुनाव लड्न लागेको चर्चा लामो समयदेखि चलिरहेको थियो ।

कंगनाका पिता अमरदीप रनौतले छोरीले चुनाव लड्न लागेको चर्चालाई पुष्टि गरेका छन् । यसको अर्थ ग्ल्यामर संसारकी रानीले अब राजनीतिमा पनि भूमिका निर्वाह गर्दैछिन् । आजतकको समाचारअनुसार पिता अमरदीपले कंगनाले भारतीय जनता पार्टी (बीजेपी)को टिकटबाट चुनाव लड्न लागेका बताएका छन् । तर उनको चुनाव क्षेत्रबारे पार्टीले निर्णय गर्ने उनले बताए ।

केही दिनअघि गुजरातको द्वारकामा मिडियासँग कुरा गर्दै कंगनाले भगवानले आशीर्वाद दिएमा आफू अवश्य चुनाव लड्ने बताएकी थिइन् । उनको यो अन्तर्वार्तालगत्तै उनी राजनीतिमा आउन लागेको चर्चा गर्माएको थियो ।