अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ५ पौष । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रह्दै प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।