समाचार

स्कुटर चोरी गर्ने एक युवक पक्राउ



ललितपुर, ५ पौष । ललितपुरमा चोरीको स्कुटरसहित एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई ललितपुर गोदावरी नगरपालिका-१२ ठेचोमा डेरा गरी बस्ने २२ वर्षीय आमोस तामाङ रहेका छन् । गोदावरी नगरपालिका-१२ ठेचोस्थित हिरानाथ महर्जनले सञ्चालन गरेको पसलभित्र पार्किङ गरी राखिएको बा.५८ प २३१८ नम्बरको स्कुटर, हेल्मेट, नगद लगायत अन्य धनमाल चोरी गरेको अभियोगमा तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  चोरी घटनाको अनुसन्धान गर्ने क्रममा गोदावरी नगरपालिका-१२ ठेचोमा उनलाई फेला पारी सोधपुछ गर्ने क्रममा उनले उक्त स्कुटर गत मंसिर १५ गते चोरी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै उनले बागमती एएए ६४५१ नम्बरको स्कुटरसमेत काठमाडौँबाट चोरी गरी आफू बस्ने ठाउँमा पार्किङ गरी राखेको खुल्न आएको छ । उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी अनुमति प्राप्त गरी आवश्यक कारबाही भइरहेको छ ।