समाचार

सिन्धुलीमा बसको ठक्करबाट एकजनाको मृत्यु



काठमाडौँ, ९ पौष । सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जिल्लाको सुनकोसी ३ मा भएको दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

मृतकको पहिचान हुन बाँकी छ । मृतकका आफन्ताले अहिले उक्त सडकखण्डमा अवरोध गरेको छ । अवरोधका कारण सयौं सवारी साधन रोकिएका छन् ।