समाचार

स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ



मुगु, १० पौष । मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

२३ वर्षीया तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा मुगुको सोरू गाउँपालिका-९ का सुरजकुमार शाही पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय मुगुले सोमबार साँझ पक्राउ गरेको हो । स्वास्थ्यकर्मी विश्वकर्माले सुरजसहित ३ जनाविरूद्ध शुक्रबार प्रहरीमा उजुरी दिएकी थिइन् । यसअघि सोरू गाउँपालिका-९ का ५४ वर्षीय झ्‍यापु शाही र सोही पालिकाको वडा-६ का धनप्रसाद भट्ट पक्राउ परिसकेको प्रहरीले जनाएको छ।