समाचार

२१ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन



काठमाडौँ, ११ पौष । नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । 

प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा/गराउँदा समेत उपस्थित नहुने २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।