Banner News

संघीय निजामती र प्रहरीसम्बन्धी कानुन अध्यादेशमार्फत् ल्याउने तयारीमा प्रधानमन्त्री 



काठमाडौँ, ११ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती कर्मचारी र प्रहरी समायोजनका आवश्यक पर्ने संघीय प्रहरी ऐनलगायत संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन अध्यादेशमार्फत् ल्याउने तयारी गरेका छन् ।

संसद अधिवेशन अन्त्य भएको दुई महिनासम्म पनि अर्को अधिवेशन आह्वान नगरेर प्रधानमन्त्री प्रचण्डले अध्यादेशमार्फत् कानुन ल्याउन खोजेका हुन् । बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विभिन्न परिस्थितिहरूका कारण अध्यादेश ल्याउनुपर्ने अवस्था बनेको ब्रिफिङ गरेका हुन् ।

बैठकमा सहभागी मोर्चाका अधिकांश सदस्यहरूले संघीयता कार्यान्वयनका लागि अध्यादेशमार्फत् भए पनि कानुन ल्याउँदा फरक नपर्ने सुझाव दिएका थिए। संविधान जारी भएको आठ वर्षसम्म पनि संघीयता कार्यान्वयन नहुँदा ‘बोझ’ भएको सन्देश गएकाले अध्यादेश ल्याएर भए पनि अधिकार दिन सुझाव दिएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए ।