मनोरञ्जन

अभिनेता प्रदीप खड्का अब रेस्टुरेन्ट व्यवसायमा



काठमाडौँ, १६ पौष । पछिल्लो समय थुप्रै कलाकारले वैकल्पिक पेसा गर्दै आएका छन् । यो भिडमा अभिनेता प्रदीप खड्का पनि थपिएका छन् । प्रदीपले रेस्टुरेन्ट व्यवसाय सुरु गरेका हुन् । 

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर काठमाडौँस्थित गैरीधारामा उनले ‘प्याराडाइज गार्डेन रेस्टुरेन्ट’ सुरु गरेका हुन् । नीलसरस्वती मार्गमा रहेको रेस्टुरेन्टमा आइतबार साँझ ‘न्यू इयर इभ २०२४’ कार्यक्रम गरिएको छ । उक्त अवसरमा प्रदीपले फ्यानहरूसँग प्रत्यक्ष साक्षात्कार कार्यक्रम राखेका थिए ।