Banner News

राष्ट्रियसभा उम्मेदवार चयन गर्न एमाले सचिवालय बैठक बस्दै



काठमाडौँ, २० पौष । नेकपा एमालेले सचिवालय बैठक आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । 

राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । यसअघि पार्टीअध्यक्ष केपी शर्मा ओलीले हिजो प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेका थिए ।