समाचार

विमानस्थलबाट एक किलो सुनसहित एकजना पक्राउ



काठमाडौँ, २२ पौष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एकजना पक्राउ परेका छन् ।

विमानस्थल प्रहरीका अनुसार दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित शनिबार राति पक्राउ गरेको हो ।

प्रहरीले उनीमाथि थप अनुसन्धान जारी राखेको छ । ती महिलाले सुन ब्रा र अन्डरवयरभित्र धुलो बनाएर ल्याएको प्रहरीले जनाएको छ ।