समाचार

बालिका बलात्कार आरोपमा युवक पक्राउ



काठमाडौँ, २३ पौष । उदयपुरमा पाँच वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

बेलका नगरपालिका–२, झण्डीपुरका २१ वर्षीय दिपन मगरलाई आइतबार (हिजो) दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । गएको बुधबार दिउँसो उनले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । सोही आधारमा उनलाई पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।