राजनीति

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षद्वारा राजीनामा



काठमाडौँ, २४ पौष । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला प्राधिकरणका अध्यक्ष खनालले मङ्गलवार एकाएक राजीनामा दिएका हुन् । 

अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए । पछिल्लो समय टेरामक्स, एमडीएमएस, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रिया आदि विषयमा विभिन्न खालका विवादहरू बढ्दै गएपछि खनालले राजीनामा दिएको बुझिएको छ । यद्यपि टेरामक्स, एमडीएमएसको विषय भने पछिल्लो समय निकै पेचिलो बन्दै गएको छ ।