समाचार

किशोरीमाथि जबरजस्ती करणी



मोरङ, १३ माघ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । लेटाङ नगरपालिका-१ भोक्टिनी बस्ने २७ वर्षीय कुल बहादुर बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

कुल बहादुरले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट भलुवाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।