काठमाडौँ, १३ माघ । देशका विभिन्न चार जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । त्य
पर्साको बहुदरमाई नगरपालिका-७ फुलकौलस्थित फलिया पोखरीमा सोही ठाउँ बस्ने ३० वर्षीय नरेश राम शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता काभ्रेको पनौती नगरपालिका-५ सुन्दरबस्ती बस्ने ३४ वर्षीय दिपक खत्री आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी उदयपुरको बेलका नगरपालिका-८ बकुन्द्रे खोलास्थित सोही ठाउँ बस्ने ६९ वर्षीय नर बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् । पाल्पाको तानसेन नगरपालिका-१ भुसालडाँडा बस्ने ३५ वर्षीया रीता सोमई आफ्नै घरभित्र शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्