समाचार

१९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी



भोजपुर, १७ माघ । भोजपुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार बिहान एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्की रहेका छन् । कार्कीले ती किशोरीलाई  सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।