राजनीति

तत्काल मन्त्रिपरिषद् हेरफेर हुन्न : मन्त्री गुरुङ



बुटवल, १७ माघ । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने बताएका छन् ।

आज नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डले मन्त्री फेर्ने बताउने गरेको भए पनि अहिलेको अवस्थामा आफ्नो दल मन्त्रिपरिषद् हेरफेरको पक्षमा नरहेको बताए ।

उनले अहिले मन्त्री फेरबदल गर्ने अवस्थामा कांग्रेस र सरकार दुवै नरहेको बताएका हुन् । ‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही मन्त्रिपरिषद् ठीक छ भन्ने सबैको भनाइ छ,त्यसैले तत्कालका लागि मन्त्री फेरबदल हुँदैन,’ मन्त्री गुरुङले भने, ‘बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र छैन ।’