अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १८ माघ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।