समाचार

आईसीसी यू-१९ विश्वकपमा आज भारतको सामना गर्दै नेपाल



काठमाडौँ, १९ माघ । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा आज नेपाल भारतविरुद्ध खेल्नेछ ।

नेपाल र भारतबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । भारत विश्वकपमा अपराजित छ । नेपालले एक खेलमा मात्रै जित निकालेको छ ।

यसअघिको खेलमा नेपाल बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो । नेपाल समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तानविरुद्ध खेलमा भने नेपाल एक विकेटको जित निकालेको थियो ।