समाचार

एक करोड रुपैयाँसहित नौजना पक्राउ



काठमाडौँ, १९ माघ । प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट नौजनालाई पक्राउ गरेको छ ।

क्यासिनो प्यालेसको अन्डर ग्राउन्डमा अनलाइन सट्टेबाटी गर्दै गरेका उनीहरूलाई गएराति पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ६ नेपाली र तीन भारतीय नागरिक छन् । पक्राउ परेकाहरूको साथबाट प्रहरीले करिब एक करोड रुपैयाँ नगद बरामद गरेको छ । 

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको बताए ।