समाचार

नवलपरासीमा गोली चल्यो



नवलपरासी,पश्चिम्, २१ माघ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराबारी स्थित चोरघोल नजिकै गएराती अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गोली प्रहारबाट बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका–१ बरुवामा धौलागिरी सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएका व्यवसायी गजेन्द्र विश्वकर्माको देब्रे पाखुरामा गोली लागेको छ । पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । आक्रमण गर्ने समूहले विश्वकर्माको स्कुटर र पसलको चाबीको झुप्पोसमेत लगेका छन् ।

गोली प्रहारबाट घाइते विश्वकर्माको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले जानकारी दिनुभयो । अज्ञात समूहले विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरेका छन् ।