अर्थ

घट्यो गाडी भाडा



गुल्मी, २३ माघ । गुल्मीमा सवारी साधनको भाडा घटाइएको छ ।

जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले भाडादर घटाउने निर्णय गरेको हो । सडकहरुको अवस्था सुधार भएपनि भाडा महङ्गो लिने गरेको गुनासो आएपछि यातायात व्यवसायीहरुको समेत सहमतीमा भाडा समायोजन गरिएको हो ।

समायोजन गरिएको भाडा दर अनुसार बसहरुले रिडी–खैरेनीको भाडा १२० र रिडी–मजुवाको भाडा ३ सय रुपैयाँ लिन पाउने छन् । यही रुटमा चल्ने जिपहरुले भने बसको भन्दा १० रुपैयाँ बढी भाडा लिन पाउने छन् । तम्घास–धुर्कोट (बर्बोट) साविकको भाडादरमा २० रुपैयाँ घटाउने प्रशासनले निर्णय गरेको छ । तोकिएको भाडा दरअनुसार सवारी साधानहरु सञ्चालन गर्न प्रशासनले यातायात व्यवसायीलाई आग्रह गरेको छ ।