काठमाडौँ, २३ माघ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै दरखास्त माग गरेको हो । समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्