समाचार

सफारी गाडी ट्याक्टरसँग ठोकिंदा ११ जना घाइते



सर्लाही, २३ माघ । सर्लाहीमा सफारी गाडी ट्याक्टरसँग ठोकिंदा ११ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सोमबार राति मलंगवा नगरपालिका-११ गमहरियामा नापी कार्यालयका कर्मचारीहरु सवार बी.आ.०६ पी.डी.९६४८ नम्बरको सफारी गाडी उँखु लोड भएको ज२त १०६७ नम्बरको ट्याक्टरसँग ठोकिंदा ११ जना घाइते भएका छन् ।

घाइते हुने सबै सफारीमा सवार नापी कार्यालय सर्लाहीका कर्मचारी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये नापी कार्यालय सर्लाहीका प्रमुख काभ्रे बनेपाका ४५ वर्षीय संजय मान्धर, मलंगवा-३ का ३५ वर्षीय रामलाल साह, सर्लाहीको बागमती नगरपालिका ५ बस्ने विनोद घिमिरे र महोत्तरीका ३० वर्षीय बैजु यादव गम्भीर छन् ।

उनीहरुलाई थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । त्यस्तै मध्यम घाइते हुनेहरुमा सर्लाहीको कौडेना गाउँपालिका २ बस्ने वर्ष २४ का संजित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका २ बस्ने वर्ष ३० का रिटेन यादव, मलंगवा नगरपालिका ३ बस्ने वर्ष ५० का  बैधनाथ पटेल, मलंगवा नगरपालिका ७ बस्ने वर्ष ३४ का रामबावु राय, धनुषाको शहीदनगर नगरपालिका ७ बस्ने वर्ष २९ का दिपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका २० बस्ने वर्ष २४ का शहीद अनवर र महोत्तरी बस्ने  वर्ष २५ का अजय यादव छन् ।

दुर्घटना पश्चात ट्याक्टर चालक फरार भएका छन् । उनको खोजिसँगै दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।