Banner News

महामन्त्री थापाको संवाद यात्रा स्थगित



काठमाडौँ, २३ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चालन गर्नुभएको मेची महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित भएको छ । 

पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गए राति निधन भएकाले संवाद यात्रा स्थगित गरेका हुन् ।

झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले गहिरो दुःख व्यक्त गरे । झापाबाट यही माघ १३ गते सुरु भएको संवाद यात्रा हुलाकी मार्ग हुँदै नवलपरासीको गोपीगञ्जसम्म पुगेको थियो । उनको यो संवाद यात्रा यही २६ गते धनगढीमा पुगेर समापन गर्ने कार्यक्रम रहेको थियो ।