समाचार

६ महिना साढे १० लाख सवारीसाधन कारबाहीमा



काठमाडौँ, २५ माघ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा दश लाख ५२ हजार ५५ सवारीसाधन कारबाहीमा परेका छन् । नेपाल प्रहरीका अनुसार २०८० साउनदेखि पुस मसान्तसम्मको अवधिमा ती सवारीसाधनमाथि कारबाही भएको हो । 

उक्त ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रूपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । राजस्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ, कोसीबाट सात करोड ८७ लाख दुई हजार ९४३ रुपैयाँ र मधेस प्रदेशबाट १० करोड ५ लाख ५८ हजार ९०१ रुपैयाँ संकलन भएको थियो । 

उपत्यकाबाहेक वाग्मती प्रदेशबाट सात करोड ८८ लाख ४० हजार रुपैयाँ, गण्डकीबाट आठ करोड १८ लाख ७६ हजार ६ रुपैयाँ, लुम्बिनी प्रदेशबाट नौ करोड ३८ लाख ६४ हजार दुई रुपैयाँ, कर्णाली प्रदेशबाट एक करोड ५६ लाख ४५ हजार रुपैयाँ र सुदूरपश्चिमबाट दुई करोड ४२ लाख ८८ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।