राजनीति

नेपाली पर्वहरुले धार्मिक सहिष्णुता, सद्भाव कायम गर्छः सभामुख घिमिरे



काठमाडौँ, २७ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली धर्म, संस्कृति तथा विभिन्न पर्वहरुले धार्मिक एकता, सद्भाव तथा सहिष्णुता कायम गर्ने बताउनुभएको छ ।

सभामुख घिमिरेले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वले सामाजिक एकता कायम गरेको बताउनुभयो । सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।