राजनीति

एमालेले जनतामा आशा जगाउने काम गरेको छ : महासचिव पोखरेल



दैलेख, २८ माघ । नेपाल कम्युनिष्ट पाटी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम गरिरहेको बताएका छन् ।

एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले उनले एमाले नीति र नेतृत्वमा प्रस्ट रहेको बताउँदै स्थानीय तहमा रहेका अन्तरविरोधलाई मिलाएर लैजानुपर्नेमा जोड दिए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा आर्थिक विकासले समेत फड्को मारेको उल्लेख गरे । उनले एमालेले अघि सारेको मिसन–८४ को नारालाई सबैले एक भएर अघि बढाउँदै विभाजन भएको वामपन्थी मतलाई एक ठाउँमा ल्याउनु आवश्यक रहेको बताए ।