समाचार

दुई जना मृतावस्थामा फेला



काठमाडौँ, २८ माघ । काठमाडौँमा दुई जनासहित विभिन्न स्थानमा गरी ६ जना मृतावस्थामा फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका-९ बिजयचोकस्थित सिरहा-धनुषा गेष्ट हाउसमा करिब ४० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । सिन्धुली घर र सन्दिप लामा नाम टिपाएका पुरूष र ती महिला शुक्रबारदेखि उक्त होटलमा बसेको कोठामा महिलाको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले हाल फरार पुरूषको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ । 

यसैगरी भक्तपुरको सूर्यबिनायक नगरपालिका-४ शान्भी गर्ल्स होस्टेलमा बस्ने जाजरकोट नलगाड नगरपालिका-४ घर भएकी २८ वर्षीया कौसिला गौतम आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।