समाचार

हातिको आक्रमणबाट एक जनाको मृत्यु



रौतहट, २९ माघ । बारामा जंगली हातिको आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जंगली हातिको आक्रमणबाट कोल्हबी नगरपालिका वाड न ९ अडेम्बा बिर्ता घर भएका अन्दाजी ५०/५५ बर्षको पारस खा थारुको  मृत्यु भएको हो ।

आइतवार भैंसीको पाडा किन्न टाङगिया बस्ती गएर साँझ घर फर्किने क्रममा टाङिया बस्ती र सखुअवा टोलको बीचमा पर्ने जङ्गलमा हातीले आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।

मृतक थारुको शव पोष्टमार्टमको लागी राती नै प्रादेशिक अस्पताल कलैया पठाईएको ईलाका प्रहरी कार्यलय कोल्हबिले जनाएको छ ।