समाचार

चार पालिकाले दिए ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा



काठमाडौँ, २९ माघ । अहिलेसम्म चार वटा पालिकाहरूले सार्वजनिक रूपमै जनयुद्ध दिवस मनाउने र उक्त दिन सार्वजनिक बिदाको घोषणा गरिसकेमा छन् । कालिकोटको पचालझरना गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र डोल्पाको मुड्केचुल्ला गाउँपालिका र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते बिदाको घोषणा गरेका छन् ।

यी पालिकाहरूले सार्वजनिक सुचना नै जारी गरेर जनयुद्ध दिवस मनाउने घोषणा गरेका छन् । बिदा दिने चार मध्ये तीन वटा पालिकाको नेतृत्व माओवादीले गरेको छ भने बाँफिकोटको अध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित हुन् । 

सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । तर जनयुद्धको आधार इलाका मानिएको कर्णालीका कतिपय पालिकाहरूले भने अदालतको आदेशको अवज्ञा गर्दै धमाधम बिदा दिने निर्णय गरिरहेको छन् ।