Banner News

मस्यौदा विधान परिमार्जनसहित अधिवेशनमा पेस गर्ने माओवादीको निर्णय



काठमाडौँ, २९ माघ । विधान मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस गर्ने माओवादी केन्द्रको पदाधिकारी बैठकले निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थायी समितिमा आएका सुझावसहित मस्यौदा विधान अधिवेशनमा पेस गर्ने निर्णय भएको सचिव दिनानाथ शर्माले जानकारी दिए । विधान अधिवेशन भोलि (मंगलबार) बिहान ११ बजे प्रज्ञा भवनमा उद्घाटन हुने उनले बताए । अधिवेशन तीन गनेसम्म सञ्चालन हुनेछ । 

शुक्रबार र शनिबार बसेको स्थायी समिति बैठकले मस्यौदा समायोजन गरी परिमार्जन गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो । बैठकमा पदाधिकारीहरूले आफैले निर्णय गर्नुभन्दा सुझावसहित अधिवेशनमा पेस गर्न जिम्मा दिएका थिए ।