अर्थ

महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान



काठमाडौँ, १ फागुन । काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ । 

आज एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।