काठमाडौँ, १ फागुन । पाल्पामा जीप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेश प्रहरीका अनुसार पाल्पाको डुम्रेबाट चिडिसगाउँ जादै गरेको जीप आज दुर्घटना भएको हो । लु १ ज २३७१ नम्बरको मुस्ताङ जीप अनियन्त्रित भएर ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेको उद्धारकार्य भइरहेको प्रहरीले जनाएको छ । जीपका चालक भने सकुशल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्