समाचार

हवाई उडान सामान्य



काठमाडौँ, ११ फागुन । प्रतिकूल मौसमका कारण प्रभावित भएको मुलुकको हवाई उडान अहिले सामान्य रुपमा सञ्चालन भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षा रोकिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेको हो । आज अपराह्न काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै देशभर आंशिकदेखि सामान्य बदली रहेकाले हवाई उडान केही समय प्रभावित भएको थियो ।

प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ चार र अन्तर्राष्ट्रियतर्फ एक जहाज ‘डाइभर्ट’ भएका प्रवक्ता झाले बताउनुभयो । उहाँका अनुसार भारतको मुम्बइबाट काठमाडौँ आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गर्न नसकेपछि भारतको लखनऊ डाइभर्ट गरिएको थियो । 

आन्तरिकमा ‘इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) बाट मात्र उडान भएको थियो । अहिले दुवै उडान सामान्य रुपमा सञ्चालन भइरहेका छ ।