समाचार

ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु



काठमाडौँ, ११ फागुन । सुनसरीको इटहरी उपमहानगरपालिका–६, मिलन चोकस्थितमा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा इटहरी–४ की ७१ वर्षीया दुर्गादेवी पौडेल छिन् । दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

बिहीबार पूर्व–पश्चिम लोकमार्गमा ना. ८ ख ३२८५ नम्बरको ट्रकले बाटो काट्दै गरेकी उनलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा छ ।