अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १६ फागुन । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज १ सय रुपैयाँमा घटेर प्रतितोला एक लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।