समाचार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



काठमाडौँ, १८ फागुन । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार  नवलपरासी पूर्वमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विनयी त्रिवेणी गाउँपालिका-१ बस्ने ६२ वर्षीय सुक बहादुर विक पक्राउ परेका छन्  । विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।