समाचार

लापसे गरी सवारी चलाउने दुई जना चालक पक्राउ   



काठमाडौँ, १९ फागुन । काठमाडौँबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई  ट्राफिक प्रहरीले पक्राउ गरेको छ । 

ट्राफिक प्रहरीका अनुसार काठमाडौँको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा बा १प ७६४ नम्बरका पर्यटक माइक्रो चालक ललितपुरको ललितपुर महानगरपालिका १४ का ३२ वर्षीय वासुदेव खड्का, बा ७ ख ९७ २१ नम्बरका ट्रक चालक पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका ८ का २८ वर्षीय अमृत उप्रेती र ना ८ ख १६ ४६ नम्बरका ट्रक चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ का २७ वर्षीय पंकज चौलागाईँलाई पक्राउ गरेको हो । 

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।