समाचार

पोष्टमार्टम रिपोर्ट : शालिन पोखरेलको मृत्यु ‘झुन्डिएर’ भएको पुष्टि



काठमाडौँ, २० फागुन । गोरखाकी १३ वर्षीया बालिका शालिन पोखरेलको मृत्यु ‘ह्याङ्गिङ’ (झुन्डिएर) भएको पुष्टि भएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी थिइन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले उनको हत्याको कारण ‘ह्याङ्गिङ’ देखिएको खुलाएको हो । शालिनको पोस्टमार्टम रिपोर्ट अस्पतालले चितवन प्रहरीलाई पठाएको छ ।

शिशु निकेतनमा कक्षा ८ मा अध्ययनरत छात्रा शालीन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको परिवारले भने शालिनको बलात्कार पछि हत्या गरिएको भन्दै निष्पक्ष छानबिनका लागि विभिन्न ठाउँमार्फत् दबाब सृर्जना गरिरहेका छन् । परिवारकै उजुरीका आधारमा प्रहरीले स्कुलका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र वार्डेनलाई पक्राउ गरेको थियो ।