समाचार

भक्तपुरमा स्कुटरसहित एक पुरुषको शव फेला



भक्तपुर, २१ फागुन । भक्तपुरमा स्कुटरसहित एक जना पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार आज बिहान सवा ६ बजे मध्यपुरथिमि नगरपालिका-९ राधेराधे स्थित हनुमन्ते खोलामा इलामको इलाम नगरपालिका- ३ का २६ वर्षीय छत्र थापा मृत भेटिएका हुन् ।

खोलामा थापासहित बा८६प ९७३० को स्कुटी पनि फेला परेको हो । थापा तीनकुनेमा बस्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ ।