अर्थ

परिसूचक नेप्से ६ प्रतिशत बढ्यो



काठमाडौँ, २१ फागुन । सेयर बजारमा आज तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेको छ । ३ पटक सर्किट ब्रेक लागेपछि यस दिनका लागि कारोबार नै स्थगित भएको छ ।

कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

२० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु) अर्थात् ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२ : ०४ बजे खुलेको बजारमा तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार स्थगित भएको हो । समग्रमा सोमबार बजारको परिसूचक नेप्से ६ प्रतिशत अर्थात् ११७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०७८ अंकमा कायम भएको छ ।