Banner News

शक्ति बाँडफाडवारे सहमति जुटाउन वालुवाटारमा बैठक बस्दै



काठमाडौ २१ फागुन । नयाँ गठबन्धनमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरूको बैठक बालुवाटारमा जारी छ । एमाले(माओवादी(रास्वपा(जसपा सम्मिलित गठबन्धनको बैठक केही बेरअघिबाट सुरू भएको हो । बैठकमा लिखित सहमति हुने बताइएको छ । मन्त्री, मन्त्रालय, प्रदेश नेतृत्वको सम्मको भागबन्डा प्याकेजमै सहमति हुने नेताहरूले बताएका छन् ।

एमालेका एक पदाधिकारीले नेपाल प्रेससँग भने, ‘प्रदेशसम्मको बाँडफाँट प्याकेजमै मिलाउने गरी छलफल चलिरहेको वताइएकाृेछ ।

बालुवाटार छलफलमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । त्यस्तै वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल राजेन्द्र श्रेष्ठ पनि बैठकमा छन्

आजै साँझ एमाले, माओवादी र रास्वपाका एकएकजना गरी तीनजनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने तयारी छ ।

सीट तथा मन्त्रालय बाँडफाँटलगायत आन्तरिक व्यवस्थापन मिलाउन ४ सदस्यीय कार्यदल बनिसकेको छ । कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् ।