समाचार

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन



विराटनगर, २३ फागुन । ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मोरङ व्यापार संघको महिला उद्यम समितिले पारस मल्टी स्पेसियालिटी हस्पिटलसँगको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ  । 

विराटनगर–१६ स्थित दरैया बस्तीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय जनाको स्थानीयको स्वास्थ्य परीक्षण भएको संघले जनाएको छ । उनीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । 

मोरङ व्यापार संघको महिला उद्यम समितिकी संयोजक बन्दना जैन, सचिव साधना झा, संघका वरिष्ठ अधिकृत विनय कर्ण लाभसहित आभा फाउन्डेसनकी संस्थापक आभा अनुपमाको सक्रियतामा शिविर आयोजना भएको बताइएको छ ।
शिविरमा मुख्यतः स्त्री रोग अन्तरगत महिलाहरूको महिनावारी, रक्तश्राव, बाँझोपन, छाला इन्फेक्सन, वान्ता, पिसाब, गाँठा–गाँठो तथा छाती, पेट, टाउको, हात खुट्टा आदि दुखाइजस्ता विरामीहरूले सेवा प्राप्त गरेको बताइएको छ । त्यस्तै, बच्चाहरूमा रुघाखोकी, वान्ता, ज्वरो, घाउ खटिरा आदि समस्या सहित पेट, छाती, आँखाको समेत परीक्षण गरिएको जनाइएको छ ।