अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २४ फागुन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २५ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला १४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।